

-
काठमाडौं : देशको आर्थिक अवस्था अन्योलपूर्ण रहेकै बेला जेठ ६ गते राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्ति अर्थतन्त्रमा स्थायित्व ल्याउने अपेक्षासहित गरिएको थियो । तर, गभर्नर नियुक्तिको भोलिपल्टै अर्थतन्त्रको ऐना भनिएको सेयर बजारमा बुधबारको कारोबार भइरहँदा देखिएको अराजक गतिविधिले गभर्नरको नियमनकारी प्रभावलाई सुरुवाती चरणमै नपत्याएको सन्देश दिन खोजिएको छ ।
लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो । लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको तुलनामा भरिभराउ देखिन्थे । आज सामाजिक सञ्जालदेखि ब्रोकरहाउसमा कारोबार नै हल्ट हुने गरी सर्किट ब्रेक लाग्ने अनुमान पनि चलेका थिए । प्रि–ओपन सेसनमा ३४।७९ अंकले बढेर बजार खुलेको थियो ।
कारोबारको पहिलो प्रहरमा झण्डै साढे तीन प्रतिशतले बढेर कारोबार भएको थियो । त्यति मै सूचक रोकिएन, कारोबार खुलेको पहिलो तीन मिनेटमै सूचक बढेर २७७१।४८ अंकमा उक्लियो । जुन अघिल्लो दिनको तुलनामा ९४।०३ अंकको बृद्धि थियो । मंगलबार सूचक ४९।०९ अंक बढेर २६७७।४५ विन्दुमा बन्द भएको थियो । त्यही बिन्दुबाट बुधवार कारोबार सुरु भएको थियो । बुधवार सूचक अन्तिममा भने ७।९४ अंकले घटेर २६६९।५१ अंकमा बन्द भयो । टुप्पोमा पुगेको अकंसँग बुधवारको क्लोजिङ पोइन्ट घटाउने हो भने बुधवार मात्रै बजार झण्डै एक सय अंकले घटेर बन्द भयो ।
बुधबार सेयर बजारमा देखिएको अस्वाभाविक उतारचढाव, विशेषगरी हाइड्रोपावर समूहमा बजार खुलेसँगै एकाएक वृद्धिपछिको केही घण्टामै गिरावट आएको अवस्था गम्भीर रूपमा विश्लेषणयोग्य छ । विहानको सत्रमा हाइड्रोपावर कम्पनीका सेयरहरूमा उच्च माग देखिए पनि केही घण्टामै ती सेयरहरू विक्री चापमा परेपछि बजार रातो संकेतमा बन्द भएको छ । नेप्से सूचकलाई दिनभरि उहापोहमा रहेर अन्ततः गिरावटमा टुंगिएको छ । यसरी अनुमान गरे भन्दा बिपरित रुपमा बजार चलेपछि आज सामाजिक सञ्जालदेखि ब्रोकर हाउससम्म लगानीकर्ताहरु रुष्ट देखिन्थे ।
बजार विश्लेषकहरूका अनुसार, ठूला लगानीकर्ता वा सशक्त गिरोहले योजनाबद्ध रूपमा सेयर मूल्य उकासेर साना लगानीकर्ताहरूलाई लोभ्याउने र फेरि एकाएक विक्री गरेर बजारलाई गिराउने रणनीति अपनाएको देखिन्छ । यस्तो प्रवृत्ति नियमित रूपमा देखिँदा पनि नियामक निकायहरू मौन रहनु र गभर्नर नियुक्तिको भोलिपल्टै यस्तो गतिविधि दोहोरिनु संयोग मात्र होइन, नियामनप्रतिको उदासीनता र बजारमा जमेका ट्रेडर भनिएका शक्तिशाली गिरोहहरूको बलियो पकडको प्रमाण हो ।
विश्व पौडेलले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको रूपमा पदीय जिम्मेवारी सम्हालेको २४ घण्टा नबित्दै देखिएको बजारको यस्तो चलखेलले उनीप्रति अप्रत्यक्ष रुपमा अस्वीकृति प्रकट गरेको विश्लेषण गर्न सकिन्छ । विश्व पौडेलले पदभार ग्रहण गर्दै गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने बताए पनि बजारमा जमेका खेलाडी भने साना लगानीकर्ताहरुलाई जिल्याउनै केन्द्रित बने ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० र धितोपत्र बोर्ड जस्ता नियामक निकायले यस्ता कृत्रिम उतारचढाव र बजार चलखेलप्रति कुनै प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाउँदै साना लगानीकर्ता त्रसित भएका छन् ।
सामाजिक सञ्जालहरूमा ‘बजार माफियाको खेल मैदान बनेको छ’, ‘नयाँ गभर्नरलाई बजारले अवहेलना गर्यो’ जस्ता टिप्पणीहरू खुलेर आएका छन् ।
देशमा बैंकिङ संकट, तरलताको अभाव र कर्जा प्रवाहमा गिरावट भइरहेका बेला राष्ट्र बैंकको स्थिर नेतृत्व अपेक्षित थियो । यदि नियामन र बजार अनुशासन कायम राख्ने स्पष्ट कार्यनीति लिइएन भने सेयर बजारमा व्यापक अविश्वास फैलने सम्भावना झनै प्रवल बनेको छ ।
गभर्नरको नियुक्तिसँगै सुधारको संकेतको रूपमा लिइएको आशा शेयर बजारमा क्षणिक लाभ लिने माफिया शैलीको चलखेलले छायाँमा पारेको छ । नियामक निकायहरू सजग नभएसम्म र ठूला चलखेल गर्ने समूहहरूलाई नियन्त्रणमा ल्याउने स्पष्ट योजना नबनाएसम्म अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय बजारमा पारदर्शिता र स्थायित्वको सम्भावना झनै क्षीण बन्दै जानेछ ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



