• काठमाडौं ।

    ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका बिश्व पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका थिए । उनै पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका छन् । गत निर्वाचनमा पराजय भोगेका पौडेलाई नेपाली काँग्रेसको कोटामा नियुक्त गरिएको हो । उनी परराष्टमन्त्री आरजू राणाको व्यवसायिक साझेदारसमेत हुन् ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेको हो । नयाँ गभर्नरमा निक्कै रस्साकस्सी भएको थियो । यो बिषयमा सत्ता संकट पनि हुने चर्चा चलेको थियो ।

    प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापतिबीच सहमति भएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।