• काठमाडौँ । 

    कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार हुन्, देवीप्रसाद सुवेदी । कार्यालयका अनुसार उनलाई निश्चित जिम्मेवारी छ । तर, उनी जिम्मेवारीको काम भन्दा पनि अतिरिक्त काममा धेरै ध्यान दिने गरेको चर्चा छ । 


    अझ उनी मातहतका कर्मचारीविरुद्ध नियामक निकायमा मुद्दा हाल्ने काममा पनि व्यस्त हुन्छन् । आफ्नै मातहतका कर्मचारीविरुद्ध जथाभावी समाचार लेखाउने काममा पनि उनैको संलग्नता भएको एक उपसचिवले बताए । अहिले कार्यालयमा नयाँ प्रणाली जडान गरिएको छ । जसले दैनिक दश वटा भन्दा धेरै काम गर्न नमिल्ने बनाइएको छ । यो प्रणाली जडानमै ठूलो चलखेल भएको थियो । यही प्रणालीको हर्ताकर्ता उनै सुवेदी छन् । यसका लागि दैनिक अतिरिक्त रकमको जोहो पनि उनै सुवेदीले गर्छन् । 


    कमिस्   नामको    सफ्टवेयर ल्याएर पुरानो चलिरहेको सफ्टवेयरमा निकाल्नु नै घोटालाको प्रमुख प्रमाण भएको त्यही काम गर्नेहरू बताउँछन् ।  

    सफ्टवेयर आफैँले बन्द गर्ने र खुलाउने कार्यमा सुवेदी सधैँ लागिरहेका हुन्छन् । सफ्टवेयरमा चलखेल गरेरै उनले अवैध आर्जन गर्न थालेपछी केही सेवाग्राहीले कार्यालय प्रमुखसँग गुनासो गरेका पनि थिए । तर, अवैध आर्जनको हिस्सा कार्यालय प्रमुखलाई पनि भाग लगाएपछि त्यो उजुरी यस्सै सामसुम भएको एक सेवाग्राहीले जानकारी बताए ।  

    अझ दिनभर मातहतका कर्मचारीले गरेको काम पनि उनैले अनुगमन गर्छन् । प्रणालीमार्फत सबै काम हेरेपछि अन्य कर्मचारीले कामको आधारमा निश्चित रकम उनलाई बुझाउनु पर्छ । नत्र ती कर्मचारीले बिभिन्न नियामक निकायमा उजुरीको सामना गर्नुपर्ने हुन्छ । 
    सुवेदी भने यो कुरा आरोप मात्र भएको बताउँदै आएका छन् ।