

-
काठमाडौं : आज पनि देशका धेरै ठाउँमा बदलीसहित वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।
दार्चुलाको गोकुलेश्वरमा एक घण्टामै २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ । गण्डकीको मनाङ, मुस्ताङसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागभन्दा बाहेक देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार अझै तीन दिन वर्षाको सम्भावना छ । अहिले पनि देशका धेरैजसो ठाउँमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको माहाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । आज राति पनि देशका विभिन्न भागमा पानी पर्ने उनले बताए ।
देशका केही ठाउँमा मेघगर्जन–चट्याङ–हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।
यस बेला मनसुनकै जसरी नियमित पानी परिरहेकोले निर्माण व्यवसायीका लागि चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् । यस बेला भीरपाखामा डोजरले बाटो खन्नेलगायतका काम तीव्र छ । त्यस्तो काममा सावधानी अपनाउनुपर्ने जलवायुविज्ञ डा. ङमिन्द्र दाहालले बताए ।
News Desk 0 response सोमवार, जेष्ठ ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


