

सिन्धुपाल्चोकमा माओवादी नेतृत्वको स्थानीय तहमा बेरुजु धेरै
माओवादी उपाध्यक्ष अग्नि सापकोटा तथा अग्निका भतिजा सांसद तथा केन्द्रीय सदस्य माधव सापकोटा,प्रदेश सांसद युवराज दुलाल तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा पनि यही पालिकाका बासिन्दा हुन् ।
-
सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये माओवादीले नेतृत्व गरेको पालिकामा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षक कार्यालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै बेरुजु माओवादीका केन्द्रीय तहमा रहेका नेताहरू रहेको चौतारा साँगाचोक गढी नगरपालिकामा रहेको छ ।
जहाँ माओवादी उपाध्यक्ष अग्नि सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा मेयर छन् । यो नगरपालिकामा माओवादी बहुमतमा पनि छ । यहाँ तेइस करोड तीन लाख चौसठ्ठी हजार रुपैयाँको आधारमा बेरुजुमा यो पालिका १२ स्थानमा छ ।
कुल बजेटको आधारमा बेरुजु ७.६७ प्रतिशत हो भने प्रतिशतको आधारमा पनि १२ औं स्थान हो । यो पालिका सिन्धुपाल्चोकबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने सबै नेताहरूको गृह पालिका हो । माओवादी उपाध्यक्ष अग्नि सापकोटा तथा अग्निका भतिजा सांसद तथा केन्द्रीय सदस्य माधव सापकोटा,प्रदेश सांसद युवराज दुलाल तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा पनि यही पालिकाका बासिन्दा हुन् ।
माओवादीले नै नेतृत्व गरेको लिसंखु पाखर गाउँपालिका र जुगल गाउँपालिकामा पनि बेरुजु धेरै देखिएको छ । माओवादीका तर्फबाट राजु लामा अध्यक्ष रहेको लिंसंखु पाखर गाउँपालिकामा ६ करोड पन्ध्र लाख रुपैयाँ छ । यो कुल वजेटको आधारमा ५.१५ प्रतिशत हो । सिन्धुपाल्चोकका १२ पालिका मध्ये बेरुजुको ११ औं स्थानमा यो पालिका परेको छ ।
माओवादीका गङ्गा तामाङ अध्यक्ष रहेको बलेफी गाउँपालिकामा पनि पाँच करोड छपन्न लाख रुपैयाँ छ । यो पालिका बेरुजु धेरै हुनेमध्ये आठौँ स्थानमा परेको छ । त्यसैगरी माओवादीले नै नेतृत्व गरेको जुगल गाउँपालिकामा दुई करोड ४१ लाख रुपैयाँ छ । प्रतिशतको आधारमा यो पालिका ६ औं स्थानमा बेरुजुमा परेको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चार पालिकामा माओवादी बाट बिजयी जनप्रतिनिधिको नेतृत्व रहेको छ । बेरुजुमा उनीहरु अग्रपङ्तिमा छन् । जिल्लाको एमालेले नेतृत्व गरेको इन्द्रावती गाउँपालिकामा सबैभन्दा थोरै बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जहाँ एमालेका झम्क नेपाल अध्यक्ष छन् । दोस्रो कम बेरुजु काँग्रेस नेतृत्व रहेको भोटेकोशी गाउँपालिका रहेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


