• काठमाडौं : सर्वोच्च अदालतले अमेरिकाले भुटान डिपोर्ट गरेको र भूटानले नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।

    न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

    उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए ।