

-
कोहलपुर । नेपालगञ्ज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कलेजले प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
सरकारले निर्धारण गरेभन्दा इन्टर्र्नसीपका लागि रु दुई लाख र सेक्युरिटी डिपोजिटका लागि रु एक लाख गरी थप रु तीन लाख कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन् । उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहमा (एमबिबिएसमा ) उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ निर्धारण गरेको थियो । शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो रहेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाले जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक डा मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सोे चेतावनी दिएका छन् । नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीकोे । उजुरी आएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


