

-
बेलायत र फ्रान्सले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग शान्ति सम्झौता चाहेको प्रमाणित गर्न आग्रह गरेका छन् ।
रुसी राष्ट्रपति पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हुन लागेको वार्ताअघि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम प्रस्तावमा सहमति जनाउने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको साहसको प्रशंसा गरे । उनले रुसलाई पनि त्यसै गर्ने आँट गर्न चुनौती दिएका छन् ।
त्यस्तै बेलायतका विदेश सचिव डेभिड लामीले पुटिनले अब पूर्ण र विना सर्त युद्धविराममा सहमति जनाउनुपर्नेमा जोड दिए । उनले पुटिन शान्ति सम्झौताप्रति गम्भीर रहेको कुनै सङ्केत नदेखेको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।
फोनमार्फत आज हुन लागेको ट्रम्प–पुटिन वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले रुस–युक्रेनबीच उत्साहजनक अवस्था आइपुगेको र युक्रेनमा यसअघि शान्ति प्रयास यति नजिक नरहेको जनाएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग ट्रम्प शान्ति सम्झौता सुरक्षित गर्न प्रतिबद्ध रहेको देखिएको दाबी गरेकी छिन् । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि आज रुसी समकक्षी पुटिनसँग कुरा गर्ने तयारी गरेका छन्।
अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरिएको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएको समयमा ट्रम्प र पुटिनबीच वार्ता हुन लागेको हो ।
अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविरामलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समर्थन गरे पनि रुसी राष्ट्रपति पुटिनले अझै अनुमोदन गरेका छैनन्। रुस र युक्रेनबीच तीन वर्षअघिदेखि सुरू भएको युद्ध अहिले पनि चलिरहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


