

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपीयन युनियनसँग जवाफी आयातकर असुल्ने बताएका छन् । युरोपीयन युनियनले २८.३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफुहरुले पनि ट्यारिफ लगाउने ट्रम्पले उदघोष गरेका हुन् ।
ट्रम्पले भनेका छन्, ‘हामीसँग जुन सुकै शुल्क लिइन्छ, हामी उनीहरुसँग असुल्नेछौं ।’ उनले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टील, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको छ ।
क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो अंकको ट्यारिफ लगाउने भनेको छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफुहरु सबै विकल्पहरु टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिएका छन् ।
भन्सार शुल्क अर्थात् ट्यारिफ ट्रम्पको समग्र आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको छ । उनले यसैबाट अमेरिकी विनिर्माणलाई बढावा दिने र रोजगारी प्रवद्र्धन गर्ने विश्वास लिएका छन् । तर, आलोचकहरु यसले महँगी चुलिने र अमेरिकी उपभोक्ता समेत मारमा पर्ने टिप्पणी गरेका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


