

-
क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा मार्क कार्नीलाई भारी मतले निर्वाचित गरेपछि ५९ वर्षीय कार्नीले यस्तो प्रतिबद्धता ब्यक्त गरेका बीबीसीले जनाएको छ ।
क्यानडा तथा बेलायतका केन्द्रीय बैंकको पूर्वगभर्नर रहिसकेका कार्नीले आफूहरूले लडाइँका लागि आग्रह नगरेको तर जब अरू कसैले हात हाल्छ भने क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुने ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै भने। त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगर्न र हकीमा जस्तै व्यापार युद्धमा पनि क्यानडाले जित्ने उनको भनाइ छ । भर्खरै अमेरिकासँगको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै कार्नीले भने।
आफ्नो विजय भाषणमा उनले ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको उल्लेख गरे। ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाइदिने बताउँदै आएका छन्।
ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै कार्नीले क्यानडाविरूद्धको आक्रमणमा ट्रम्पलाई सफल हुन नदिने बताए ।
News Desk 0 response सोमवार, फाल्गुन २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


