

-
कीभ : यसअघि उपलब्ध गराएको आर्थिक सहायताको बदलामा आफ्नो खनिज अमेरिकालाई चलाउन दिने समझदारीमा युक्रेन र अमेरिका पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई भविष्यमा सुरक्षा प्रत्याभूतिका लागि उसको दुर्लभ खनिज प्रयोग गर्न दिनुपर्ने होइन भने अहिलेसम्मको सहायताको गुण तिर्न भए पनि खनिजमा पहुँच दिनु पर्ने बताएका थिए ।
५ खर्ब डलर बराबरको खनिज मागेपछि जेलेन्स्कीले गएको हप्ता सो माग ठाडै अस्वीकार गरेका थिए । अमेरिकाले यति धेरै सहायता नदिएको अनि आफ्नो देश बिक्रीका लागि नभएको भन्दै उनले माग मानेका थिएनन् ।
तर अब भने दुई देश सम्झौताको नजिक नजिक पुगेको भन्दै अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । यसमा अमेरिकाले अहिलेसम्म उपलब्ध गराएको सहायता बापत कति खनिज चलाउने र भविष्यमा पाउने सहायताको बदलामा कति चलाउने भन्ने कुरा निर्धारण गर्ने कोसिस भएको बताइएको छ ।
युक्रेनसँग लिथियम र टाइटेनियम जस्ता बहुमूल्य धातुको भन्डार छ । यसको साथमा उससँग ठूलै मात्रामा कोइला, ग्यास, तेल र युरेनियम पनि छ ।
गत वर्ष जेलेन्स्कीले रुससँगको युद्धमा आफ्नो विजय योजना पेस गर्दा युद्धको अन्त्यमा विदेशी कम्पनीले आफ्नो देशको बहुमूल्य धातु र खनिज चलाउन सक्ने प्रस्ताव गरेका थिए । युक्रेनलाई नेटोमा सदस्यता दिएबापतको पाँच बुँदा मध्ये खनिज चलाउन दिइने एउटा बुँदा थियो । –एजेन्सी
News Desk 0 response सोमवार, फाल्गुन १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


