

-
प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।
इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
हमासले उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाइ हुनु, गाजापट्टीको विभिन्न क्षेत्रमा अझै गोलाबारी हुनुलाई इजरायले सम्झौता उल्लङ्घन गरेको भनेको छ ।
इजरायलले सहमतिअनुसारको मानवीय सहायताको अनुमति पनि नदिएको हमासको आरोप छ ।
युद्धविरामको सम्झौता अनुरुप इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्धक बनाएका तीनजनालाई गएको शनिवार रिहा गर्नुपर्ने थियो । तर प्रक्रिया अघि बढ्न सकेको छैन ।
इजरायलले भने गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि सेनालाई उच्च अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताएका छन् ।
सम्झौतायता अहिलेसम्म २१ इजरायली र पाँच सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।
News Desk 0 response मङ्लबार, माघ २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


