

-
राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध तरिकाले अमेरिकामा बसेका हजारौं जनालाई फिर्ता पठाउने तयारी गरेपछि मेक्सिकोले विशाल आश्रयस्थलहरू बनाउन थालेको छ । ट्रम्पले हजारौं मेक्सिनलाई सामूहिक निर्वासन गर्ने संकेत पाएपछि सरकारले सिउडाड जुआरेज शहरमा पाल टाँगेर विशाल आश्रयस्थलहरू निर्माण गर्न थालेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
नगरपालिकाका अधिकारी एनरिक लाइकनले सिउडाड जुआरेजमा अस्थायी आश्रयस्थलमा हजारौं मानिस बस्न सक्ने क्षमताको हुने र केही दिनमै यो काम सकिने बताएका छन् । उत्तरी मेक्सिकोका ९ वटा शहरमा आश्रयस्थल र स्वागत केन्द्रहरू तयार पार्ने सरकारको योजना छ । यी आश्रयस्थलमा निर्वासनमा परेका मेक्सिकनहरूलाई खाना, अस्थायी आवास, चिकित्सा हेरचाह र परिचयपत्र प्राप्त गर्ने सुविधा पाउनेछन् ।
मेक्सिकोका नागरिकलाई स्वागत केन्द्रबाट आफ्नो गृहनगरमा फिर्ता लैजानका लागि विभिन्न नगरपालिकाहरूले बसको समेत व्यवस्था गर्ने तयारी गरेका छन् । मेक्सिको सरकारले सामूहिक निर्वासनको सम्भावनाका लागि तयार रहेको बताएको छ । मेक्सिकोले आफ्ना देशवासीहरूको हेरचाह र स्वदेश फर्केकाहरूलाई आवश्यक पर्ने सबै कुरा छुट्याउने आन्तरिक मन्त्री रोजा आइसेला रोड्रिगेजले बताएका छन् ।
ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन प्रयास गर्ने वाचा गरेका छन् । जसमा लाखौं आप्रवासीले अमेरिका छाड्नुपर्ने डर छ । मेक्सिकोको थिंक ट्यांक एल कोलेजियो डे ला फ्रन्टेरा नोर्टे (कोलेफ) ले गरेको अमेरिकी जनगणनाका तथ्यांकमा आधारित विश्लेषण अनुसार झन्डै ५० लाख जना मेक्सिकन संयुक्त राज्य अमेरिकामा विना अनुमति बस्दै आएका छन् ।
मध्य र दक्षिणी मेक्सिकोका केही भागका धेरै मानिसहरू हिंसा र गरिबीले ग्रस्त छन् । अमेरिकामा रहेका आठ लाख जना कागजातविहीन मेक्सिकनहरू मिचोआकन, गुरेरो र चिआपासका हुन् । जहाँ संगठित अपराधिक समूहहरू बीचको लडाइँले पछिल्ला वर्षहरूमा हजारौंलाई भाग्न बाध्य बनाएको छ ।
News Desk 0 response बिहिबार, माघ १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


