

-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जानु हुने भएको छ । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उनी रुस जान लागेका बीबीसी हिन्दीले जनाएको छ ।
प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लागेका हुन् । उनले गएको जुलाईमा पनि रुसको भ्रमण गरेका थिए । रुस भारतका लागि पेट्रोलियम पदार्थ र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरूसँग टाढा भइरहेको र चीनसँगको बढ्दो सम्बन्धले रुस र भारतबीचको सम्बन्धमा प्रश्न उठाएको छ ।
भारतले युक्रेनमा रुसी युद्धको विरोध गरेको छैन । दुई देशबीचको युद्धको शान्तिपूर्ण समाधानका लागि मध्यस्थता गर्न भारतले प्रस्ताव गर्दै आएको छ । युरोपमा पुराना खरिदकर्ताहरूले छोडेको अवस्थामा भारत रुसी कच्चा पेट्रोलियम पदार्थको मुख्य ग्राहक बनेको छ ।
मोदीको रुस भ्रमणलाई पश्चिमा सञ्चारमाध्यमहरूले प्राथामिकताका साथ चर्चा गरिरहेका छन् ।
News Desk 0 response शनिबार, कार्तिक ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


