

-
इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत ‘अपरेशन’ शुरू गरेको आईडीएफले जनाएको छ । तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि स्थलमार्गबाट लेबनानी भूमिका खटाएको जनाएको छ । स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ । इजरायलले गरिरहेको हवाई आक्रमणमा पछिल्लो एक हप्तामै एक हजार जनाभन्दा धेरै नागरिक मारिएका र दश लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका लेबनानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हिजबुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरायलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै युद्ध धेरै लामो हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।
समाचार संस्था एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो ।
News Desk 0 response मङ्लबार, अशोज १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


