

-
युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ । ईयूले पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेवार र अस्वीकार्य व्यवहारको निरन्तरता भएको टिप्पणी गरेको छ ।
विश्वका धेरै नेताहरू न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य पुटिनको तर्फबाट यस्तो प्रतिक्रिया आउनुलाई अझ बढी लापरवाहीपूर्ण मान्न सकिने ईयूले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
यसअघि राष्ट्रपति पुटिनले अद्यावधिक आणविक सिद्धान्तको घोषणा गरेका थिए । उनले युक्रेनलाई उसका पश्चिमी समर्थकहरूले आणविक शक्तिको सहयोग गरेकाले गैर–आणविक राज्यविरुद्ध रुस आणविक हतियारको प्रयोग गर्न बाध्य हुने धम्किपूर्ण प्रतिक्रिया दिएका थिए ।
युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला रुसले आणविक हतियार प्रयोग प्रतिबन्धबारे नियम र सर्त परिवर्तन गर्ने तयारी गरेको बताएको हो ।
News Desk 0 response शुक्रबार, अशोज ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


