

-
काठमाडौं : भारतलाई हराउँदै आयाेजक श्रीलङ्काले महिला एशिया कप टी–२० क्रिकेटकाे उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा श्रीलङ्काले भारतलाई ८ विकेटले हरायाे ।
भारतले दिएकाे १ सय ६६ रनकाे लक्ष्य श्रीलङ्काले ८ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । श्रीलङ्काकी हर्षिथा समराविक्रमाले नट आउट ६९, कप्तान चमारी अथपथ्थुले ६१ रन बनाइन् । भारतकी दिप्ती शर्माले १ विकेट लिइन् ।
यसअघि दम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । भारतकी स्मृति मन्धानाले ६०, रिचा घोषले ३०, जेमिमा रोड्रिगेजले २९ रन बनाइन् । श्रीलङ्काकी कविशा दिल्हारीले २ विकेट लिइन् ।
श्रीलङ्काले पहिलाे पटक उपाधि जितेकाे हाे । यसअघि सन् २००४, २००५–०६, २००६, २००८ र २०२२ मा फाइनलमा पुगेकाे श्रीलङ्का उपविजेतामै सीमित भएकाे थियाे । भारतले भने सात पटक उपाधि जित्दा दुई पटक उपविजेता बनेकाे छ । सन् २००४, २००५–०६, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेकाे थियाे ।
News Desk 0 response आइतवार, साउन १३, २०८१

सम्बन्धित शीर्षकहरु
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


