

-
डोटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् ।
सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ । डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताउनुभयो ।
उहाँले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।” मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ ।”
मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ । निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ , हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौँ ।”
चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


