

-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ ।
चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो । भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकको आव २०७६÷७७ का चार महिनाको वित्तीय स्थितिअनुसार कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर रु चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १० दशमलव शून्य नौ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२ दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।
आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ । त्यसैगरी आव २०७६÷७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई रु चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको थियो । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



