

-
मङ्गलबारे । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।” पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ ।
गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



