

-
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्कने क्रममा आज बिहान उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको थियो ।
रुसका परराष्ट्रमन्त्रीसँगको औपचारिक छलफलमा पर्यटन, कृषि र जलविद्युत क्षेत्रमा रुसको लगानी तथा सहयोगबारे चर्चा भएको र रुस नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पनि मन्त्री ज्ञवालीले रुसी प्रधानमन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले आफ्ना रुसी समकक्षीलाई पनि नेपाल भ्रमणका निम्ति निम्तो दिनुभएको जानकारी गराउनुभयो । रुसमा रहँदा परराष्ट्रमन्त्री ज्ञवाली गैरआवासीय नेपाली सङ्घ रुस र नेपाल रुसमैत्री समाजको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवाली गत शनिबार रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुुुहुन्थ्यो । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



