

-
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण–२०२० लाई लक्षित गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उहाँले भ्रमणमा पर्यटक सहजतका लागि अन्तरराष्ट्रिय र अन्तरप्रदेश उडान थप गर्न थालिएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्ससँग कुरासमेत भइरहेको जानकारी गराउनुभयो । ‘‘सङ्घीयताको अभ्यासलाई जोड्न र भ्रमण वर्षलाई लक्षित गरेर कुन–कुन प्रदेशबीच हवाई सञ्चालन गर्न सकिन्छ, त्यसबारे अध्ययन भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘चाँडै नै अन्तरप्रदेश हवाई सञ्चालन गर्ने छौँ ।’’ उहाँले पर्यटन व्यवसायीका मागलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धित नीतिलाई सहयोगी बनाइनेसमेत बताउनुभयो । मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनको लागि भौतिक पूर्वाधार आवश्यक रहेकाले सम्बन्धित मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिदैं भ्रमण वर्षकै अवसरमा नयाँ हिमाल खुलाउने पहलसमेत भएको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगार र अध्ययनका लागि जाने विद्यार्थीलाई भ्रमण वर्षको प्रचारप्रसारका लागि भ्रमण वर्षको लोगो अङ्कित टिसर्ट र टोपी दिएर पठाइनेसमेत बताउनुभयो । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जानेलाई र शैक्षिक परामर्श सङ्घले विद्यार्थीलाई टिसर्ट र टोपी दिएर पठाउनुपर्नेछ । ‘‘विदेशमा जाने श्रमिकलाई रोजगारदाताका सञ्चालक र अध्ययन गर्ने जाने विद्यार्थीले आफू पढ्ने विश्वविद्यालय÷कलेजका सञ्चालकलाई भ्रमण वर्ष लोगो अङ्कित कुनै न कुनै उपहार दिन लगाउने छौँ’’, उहाँले भन्नुभयो, ‘‘डिसेम्बर १ तारिखबाट भ्रमण बर्ष अङ्कित लोगो वितरण गर्ने छाँै ।’’ सातै प्रदेशमा कार्यालय यसैगरी मन्त्री भट्टराईले बैठकको निर्णय सुनाउँदै सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने जानकारी गराउनुभयो । एक हप्ताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, मंसिर ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



