

बिप्लव प्रतिबन्धपछि सेनाका कमाण्डरमा ब्यापक फेरबदल
प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल तीन महिनामै फेरिएका छन्
-
काठमाडौं ।
नेपाली सेनामा बिभिन्न निकायका कमाण्डर फेरिएका छन् । लगानी सम्मेलनको मुखैमा शान्ति सुरक्षामा प्रश्न उठिरहेको बेला सेनाले कमाण्डर फेरवदल गरेको छ । प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल तीन महिनामै फेरिएका छन्। उनलाई २ नम्वर बाहिनी धनकुटा सरूवा गरिएको छ । नयाँ प्रवक्तामा १९ नम्बर बाहिनी दाङमा रहेका सहायक रथी विज्ञानदेव पाण्डे आएका छन्।
नेकपा बिप्लव समुहलाई प्रतिवन्ध लगाएसँगै पहिलो पटक सेनाका कमाण्डर फेरिएका हुन् ।
सैनिक प्रवक्तासँगै दर्जन सहायक रथीहरू पनि सरुवा भएका छन्। शान्ति सेना निर्देशनालयका रथी दामोदर थापा उपत्यका पृतनामा सरूवा भएका छन्।
२ नम्बर बाहिनीका सागरबहादुर केसी कल्याणकारी योजनामा सरूवा भएका छन्। सम्भार रथीमा रहेका रामबहादुर ढुंगाना पश्चिम पृतना पोखरा सरूवा भएका छन्। कुमार लामा २४ बाहिनी जुम्लाबाट सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, ५ बाहिनीका हिरालाल जोशी शान्ति सेना निर्देशनालय,उत्तर पश्चिम पृतनामा कार्यरत सहायक रथी अर्जुन श्रेष्ठ राष्ट्रिय निकुञ्ज हेर्ने निर्देशनालयमा सरूवा भएका छन् ।
पश्चिम पृतना पोखराका दीपक बानिया २४ बाहिनी जुम्ला सरूवा भएका छन् भने राष्ट्रिय निकुञ्ज निर्देशनालयमा कार्यरत होमनाथ दवाडी ५ बाहिनी धनगढीमा सरूवा भएका छन्। त्यस्तै डिएमआइमा कार्यरत सुशीलकुमार भण्डारी १९ बाहिनी दाङ सरूवा भएका छन्।
News Desk 0 response बिहिबार, चैत्र १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



