

-
काठमाडौं ।पूर्व गृहमन्त्रीहरुले सुरक्षाकर्मी र सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्। बहालवाला मन्त्रीले प्रहरी निरीक्षकसहित नेपाली सेनाका एक, सशस्त्र प्रहरीको १२ जना सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्। वनमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने अगुवापछुवा हटाउने निर्णय गरेका थिए। तर उनकै सुरक्षाका लागि भने नेपाल प्रहरीबाट निरीक्षक, नेपाली सेनाले दिएको सुरक्षा गार्ड तथा सशस्त्र प्रहरीबाट प्राप्त १२ जनाको टोलीसहित पछुवा गाडीको दुरुपयोग गरिरहेका छन्। यसरी सुरक्षाकर्मी लिनेमा गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कमल थापा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र नीधि, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, भीम रावल र खिलराज रेग्मी छन्।
कसका कति अंग रक्षक
गोपालमान श्रेष्ठ – ७
विजयकुमार गच्छदार – १२
कमल थापा -१३
रामचन्द्र पौडेल- १३
प्रकाशमान सिंह -१३
विमलेन्द्र निधि – १२
नारायणकाजी श्रेष्ठ – १२
वामदेव गौतम -१३
भीम रावल -१४
कृष्णप्रसाद सिटौला -१२
शक्तिबहादुर बस्नेत -१२
जनार्दन शर्मा -१२
पूर्णबहादुर खड्का -१३
खिलराज रेग्मी – ९
केहीको भने खोसियो
अंगरक्षक खोसिनेमा पूर्वमन्त्री गोविन्दराज जोशी, अमरेश सिंह, टेकबहादुर गुरुङ, रामकृष्ण यादवसहित पूर्वआइजिपीहरु हेम गुरुङ, रमेश चन्द ठकुरी, ओमविक्रम राणा छन्। त्यस्तै पतञ्जली योगका नेपाल प्रतिनिधि शालिकराम शर्माका अंगरक्षकलाई पनि फिर्ता बोलाइएको छ। विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा ‘आवश्यक परे वा सुरक्षा थ्रेट’ देखिए भन्ने वाक्यांशलाई दुरुपयोग गरी अनावश्यक रूपमा अंगरक्षक राख्ने परम्परा तोड्दै प्रहरी प्रधान कार्यालयले अंगरक्षक फिर्ता गर्न थालेको हो। त्यस क्रममा ११ पूर्वएआइजीको घरबाट २७ जना, २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ अंगरक्षक फिर्ता गरिएको छ।गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका २०७०’ परिमार्जन गर्दै नयाँ सुरक्षा निर्देशिका, २०७५ ल्याउन प्रस्ताव गरी मन्त्रिपरिषद्मा पठाएको छ। निर्देशिकामा विशिष्ट व्यक्ति पहिचान गर्दैे पूर्वमन्त्री, पूर्वमुख्यसचिव, पूर्वसांसद, पूर्वएआइजी, संवैधानिक निकायका पूर्वपदाधिकारीलगायतलाई अंगरक्षक नदिने उल्लेख गरेपछि ‘आवश्यक पर्यो भने सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने’ शब्द थपिएको थियो। तर यही वाक्यांश सधैं दुरुपयोग भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसरी फिर्ता हुनेमा प्रहरी नायब निरीक्षक (सई) एकजना, प्रहरी सहायक निरीक्षक (असई ) १६ जना, हबल्दार ४१ जना, जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जना छन्।
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



