

पदाधिकारी नभएको मौकामा महिला आयोगका कर्मचारीको ब्रह्मलुट
आयोगसँग यसअघि नै नौवटा गाडी छन् । तीमध्ये ६ वटा चालु अवस्थामा छन् भने बाँकी गाडी थन्क्याइएको छ । प्रयोग नभई थन्काइएका गाडी मर्मत सम्भार गर्न या लिलामी गर्न आयोगले कुनै पनि प्रक्रिया अघि बढाएको छैन ।
-
काठमाडौं ।
महिला आयोगमा नयाँ पदाधिकारीका लागि भन्दै भन्दै पाँचवटा गाडी किनिसकिएको छ। मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत समेत नगरी नयाँ गाडी खरिद गरिएको छ । पदाधिकारी आएपछि कमिशन भागबण्डा हुने भएकाले अहिल्यै गाडी खरिद गरिएको स्रोतले जनाएको छ ।
मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो। त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन् ।पदाधिकारीको लागि भनी खरिद गरिएका ५ गाडीमध्ये सबैभन्दा महँगो गाडी आयोगका सचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका छन्। अन्य चारवटा गाडी सिंहदरबारस्थित आयोगका कार्यालय परिसरमा प्रयोगविहीन अवस्थामा छन्।
नयाँ गाडी खरिद गर्न गत मंसिरमा ३ करोड रुपैयाँ आयोगलाई निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ।आयोगसँग यसअघि नै नौवटा गाडी छन्। तीमध्ये ६ वटा चालु अवस्थामा छन् भने बाँकी गाडी थन्क्याइएको छ। प्रयोग नभई थन्काइएका गाडी मर्मत सम्भार गर्न या लिलामी गर्न आयोगले कुनै पनि प्रक्रिया अघि बढाएको छैन। आयोगका सूचना अधिकारी ध्रुव क्षेत्रीले आयोगमा पदाधिकारी मनोनयन हुनेबित्तिकै उनीहरुलाई उपलब्ध गराउन नयाँ गाडी खरिद गरिएको बताए। ‘आयोगका पदाधिकारीलाई १८ वर्ष पुरानो गाडी दिने रु उहाँहरूलाई नयाँ गाडी दिनुप(यो नि’, उनले भने। आयोगका ५ पदाधिकारीका लागि ५ वटा गाडी खरिद गरिएको उनले बताए। ‘पदाधिकारी आएपछि गाडी खरिदको प्रक्रिया अघि बढाउँदा कम्तीमा ३÷४ महिना लाग्छ। त्यस बेलासम्म उहाँहरूलाई पुराना गाडी प्रयोग गर्न दिने’, उनले उल्टै प्रश्न गरे।
आयोगसँग यसअघि नै नौवटा गाडी छन् । तीमध्ये ६ वटा चालु अवस्थामा छन् भने बाँकी गाडी थन्क्याइएको छ । प्रयोग नभई थन्काइएका गाडी मर्मत सम्भार गर्न या लिलामी गर्न आयोगले कुनै पनि प्रक्रिया अघि बढाएको छैन ।
आयोगले एक महिनाअघि ६८ लाख रुपैयाँमा खरिद गरेको बा२झ ४२४२ नम्बरको गाडी आयोगका सचिव ठाकुरले प्रयोग गर्दै आएका छन्। अन्य चारवटा गाडी बा२झ ४२३८, बा२झ ४२३९, बा२झ ४२४० र बा२झ ४२४१ नम्बर प्लेटका छन्। पछिल्ला ४ गाडी प्रयोगवीहिन अवस्थामा रहेको क्षेत्रीले बताए। उनले भने, ‘आयोगमा पदाधिकारी आउनेबित्तिकै उहाँहरूलाई दिन भनी चावटा गाडी प्रयोग गरेका छैनौं।’
आयोगसँग हाल चालु अवस्थामा रहेका अन्य ६ वटा गाडी त्यहींका उच्च कर्मचारीले प्रयोग गर्दै आएका छन्। महिला विकास प्रमुख मिरा शेरचनले बा१झ ९१८७, उपसचिव लक्ष्मी पाण्डेले बा२झ ८४४९, सहसचिव युवराज सुवेदीले बा२झ ९७४, कानुन उपसचिव कल्पना खतिवडाले बा२झ ८४५० र लेखा अधिकृत प्रकाश केसीले बा२झ ८४४८ नम्बर प्लेटको गाडी प्रयोग गर्दै आएका छन्। बा१झ ६३४५, बा१झ ६४८५ र बा१झ ५६८६ नम्बर प्लेटका गाडी कार्यालय परिसरमै थन्क्याएर राखिएका छन्। तीमध्ये दुइटा गाडी मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको आयोगकै एक कर्मचारी बताउँछन्। सूचना अधिकारी क्षेत्रीले पनि एकदुइटा गाडी मर्मत गरेमा प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको स्विकारे। ‘मर्मत सम्भार गर्दा पनि प्रयोगमा आउन नसक्ने गाडीलाई लिलाम गर्न प्रक्रिया अघि बढाउने तयारी गर्दैछौं’, उनले भने।
२०७४ असोजदेखि आयोग पदाधिकारीविहीन अवस्थामा छ। पछिल्लोपटक २०७४ असोजमा कार्यवाहक अध्यक्ष भगवती घिमिरेको पनि अवधि सकिएको थियो। महिला आयोग ऐन २०७४ अनुसार आयोगका पदाधिकारी सरकारको सिफारिसमा संसदीय सुनवाइबाट अनुमोदन गरी नियुक्ति हुने व्यवस्था रहेको नागरिकमा भुवन शर्माले लेखेका छन् ।
News Desk 0 response मङ्लबार, माघ २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



