

-
News Desk 0 response आइतवार, माघ २०, २०७५
काठमाडौं । मन्त्रालयमा आईतवार बोलाइएको चौमासिक समीक्षा बैठक चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बहिष्कार गरेकीछन् । खवर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र बिकास बोर्ड्की अध्यक्ष निकिता पौडेलसङ्ग कडा स्पस्टिकरण सोध्न निर्देशन दिएका छन् । उनलाई पदच्युत गर्नेसम्मको कार्वाही हुनु पर्ने दवाव बढेको छ । भर्खर मन्त्रालयका पदाधिकारीहरुलाई मन्त्रीले कडा निर्देशन दिएका हुन् । बैठकमा उक्त बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा पनि थियो,जसमा आफ्ना कुरा राख्न निकिताको उपस्थिति देखिएन । अध्यक्ष नआएपछि मन्त्रीले सहसचिव राधिका अर्याललाई खवर गरेको बिषयमा सोधेका थिए । अर्यालले खवर गरेको बताएपछि अध्यक्ष पौडेल बैठकमा उपस्थित नभएको बिषयमा स्पष्टिकरण सोध्न मन्त्रीले निर्देशन दिएका छन् ।
भर्खरै बिहे गरेकी पौडेलले हनिमुनका लागि बिदा लिएको अनुमान पनि केहीले गरेका थिए । तर, उनी बिदामा भएको पनि कतै खुलेको छैन । यस वारेमा प्रतिकृयाका लागि पौडेलसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । अघिल्लो सरकारका पालमा नियुक्त भएकी पौडेललाई यो सरकारले बिदा दिएको थियो । तर, अदालतको आदेशमा उनी पुनः फर्केकी थिईन । अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाईँदैन भन्दै पौडेलबिरुद्ध कडा कमद चाल्ने मन्त्रालय स्रोतले जानकारी दियो ।

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



