

सशस्त्रलाई साक्षी राखेर प्रधानमन्त्रीले भने,-‘देशमा पुनः द्वन्द्व निम्त्याउने तत्वको चलखेल’
प्रधानमन्त्रीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए।
-
काठमाडौं । सशस्त्र प्रहरीलाई साक्षी राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट द्वन्द्व सकिएको लामो समय भइसक्दा पनि फेरि मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको खुलासा गरे । सशस्त्र प्रहरी बल नेपालको १८ औं सशस्त्र प्रहरी स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा द्वन्द्व निम्त्याउने पुनः प्रयास भइरहेको बताए। ओलीले विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो पुनस् द्वन्द्व निम्त्याउने प्रयास भइरहेको भन्दै दुःख व्यक्त गरे। द्वन्द्वको घाउमा मल्हम लाउनुको सट्टा झन बल्झाउने, शान्ति खल्बलाउने, समाजमा हिंसा फैलाउने काम भईरहेकोमा प्रधानमन्त्रीले चिन्ता ब्यक्त गरे ।
News Desk 0 response मङ्लबार, माघ १५, २०७५
प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता तोड्ने राष्ट्रियता बिरोधी कुनैपनि देशद्रोही काम देशले नसहने बताए। मुलुकमा अहिले जनताको सरकार आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रियता बिरोधी गतिविधि सह्य नहुने जिकिर गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवाको क्रममा ज्यान गुमाएका नेपाली सेनाको १ हजार १८, नेपाल प्रहरीको १४ सय ४८, सशस्त्र प्रहरीको ३ सय १८ र अनुसन्धानको २३ जनालाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहिद घोषणा गरिएको जानकारी गराए। अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताए। ुभ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न। कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैनु, उनले भने। अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे।

सम्बन्धित शीर्षकहरु
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म घरबाहिर हिँडडुल नगर्न सुझाव
बुधबार, बैशाख १६, २०८३-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



