

-
काठमाडौं ।
डिपोमा हुने गरेको इन्धन चोरी, नोक्सानी, ढिला गरी तेल बोकेका ट्यांकर आइपुग्नेलगायतका कैफियतलाई सूक्ष्म रूपले बुझेर सुधार गर्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल केही दिन डिपोमा बस्ने भएका छन् ।
निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त भएका पौडेलले डिपोमा सुधार हुन सके निगमभित्रको धेरै बेथिति अन्त्य गर्न सकिने निष्कर्ष निकालेका छन् । कर्मचारीहरूसँग भएका छलफलमा उनले डिपोबाट हुने कारोबारलाई पारदर्शी बनाउन निर्देशन दिने गरेका छन् ।
डिपोमा बसेर इन्धनको लोड–अनलोडिङलाई नियाल्नु पनि स्वाभाविक कामको रूपमा लिएको उनले बताएका छन् ।निर्देशक पौडेलले निगमभित्र सुधार गर्नु आफ्नो चुनौती भएकाले सफल भएर देखाउने बताउने गरेका छन् । । निगमको डिपोमा आइओसीबाट लोड भएका ट्यांकर समयमै नल्याई बीचबाटोमै रोक्ने, चालक र ढुवानी व्यवसायीसँग मिलेर तेल चोरी गर्ने, प्राविधिक नोक्सानीको तोकिएको दरभन्दा बढी लक्ष्य देखाइ अनियमिता गर्ने, डिपोमा इन्धन स्टक नराख्नेलगायतका समस्या छन् । निगमको काठमाडौं, अमलेखगन्ज र विराटनगर ठूला डिपोमध्येमा पर्छन् । त्यसपछि भैरहवा, नेपालगन्ज र पोखरा डिपो पर्छन् ।
डिपो प्रमुखले पम्प व्यवसायीलाई मागेजति तेल नदिएर दुःख दिने गरेको आरोप लाग्ने गरेको छ । मागेजति तेल पाउन डिपो प्रमुखलाई कमिसन खुवाउनुपर्ने बाध्यता रहेको व्यवसायीले बताउँदै आएका छन् । यस्ता बिकृति हटाउन पनि डिपोमा कार्यालय स्थापना गरेर बस्ने पौडेल योजना बनाएका हुन् ।
News Desk 0 response आइतवार, माघ १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



