

-
कान्तिपुर टेलिभिजनमा १७ वर्षदेखि कार्यरत र १२ वर्षदेखि स्थायी भएका कर्मचारीहरुको रुवाबासी छ । टेलिभिजनमा भारतीय व्यवस्थापन छिरेलगत्तै पुराना कर्मचारी धपाउने अभियानअन्तर्गत प्रोडक्सन डिपार्टमेन्ट खारेज गरी ‘कान्तिपुर स्टुडियोज्’ नामक कम्पनी बनाएर कर्मचारीलाई जबरजस्ती राजीनामा गराउने क्रम शुरु भएको छ । डेड महिनाअघि प्रोडक्सन विभाग खारेज भई नयाँ कम्पनी आएको भन्दै प्रमुख कार्यकारी निर्माता भुषण दाहाल र शिशिर पछाईले स्थायी कर्मचारीहरुलाई एचआरमा गएर राजीनामा बुझाउन भनेका थिए । उनीहरुलाई कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएपछि स्टुडियोको कर्मचारीमा नियुक्तिपत्र दिइने, नयाँ प्रक्रियाबाट जागिर खानुपर्ने र तीन महिने परीक्षणमा रहनुपर्ने भनिएको थियो । तर, उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् । त्यसरी राजीनामा गर्न भनिएका कर्मचारीमा सुनील श्रेष्ठ, नरेश बज्राचार्य, रञ्जु पोखरेल, ज्ञानमणि चापागाईं, बैकुण्ठ सिलवाल, प्रभा अमात्य, संगीता श्रेष्ठ र शिशिर सुवेदीले लिखित रुपमै राजीनामाको दबाब अन्त्य गर्न भनेका अनुरोध गरेका छन् । उनै कर्मचारीको पक्षमा कर्मचारी संघले पुस ९ गते व्यवस्थापनलाई ज्ञापनपत्र दिएको छ । कर्मचारीहरुले राजीनामा दिन नमानेपछि माघ ११ गतेभित्र हाजिर हुनु भनी ४ गतेको मितिमा चिठी लेखिएको छ । ती कर्मचारीलाई धनगढी, सुर्खेत, जनकपुर र विराटनगर सरुवा गरिएको चिठी थमाइएको हो । यसक्रममा भुषण र शिशिरले कर्मचारीलाई राजीनामा दिइहाल्नका लागि पटक–पटक ‘प्रोडक्सन डिपार्टमेन्ट छैन । तिमीहरु कहाँ जान्छौ ?’ भन्दै धम्की र त्रास दिएको पनि कर्मचारीहरुले बताएका छन् । त्यहाँ स्थापनाकालदेखि काम गरेका १२ जना कर्मचारी बाँकी छन्, जसमध्ये १२ वर्षअघि सबै स्थायी भइसकेको जनआस्थाले छापेको छ ।
News Desk 0 response बुधबार, माघ ९, २०७५

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



