

आफ्नै आँगन सफा गर्न अर्थको मुख ताक्ने सरकारका सचिवहरु !
पूर्वप्रशासकहरू भने फोहोर सफा गर्ने काम समेत मुख्यसचिको नेतृत्वमा बैठक बसेर निर्णय गर्नुपर्ने बाध्यता हुनुलाई सकारात्मक रुपमा लिँदैनन्
-
काठमाडौं ।
तपाई हामी देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार पुग्दा फोहोर र अस्तब्यस्त दृष्य धेरै देख्दछौं । प्रत्येक मन्त्रालय अघि भएको भद्रगोलले देशको अवस्था स्पष्टै देखिन्छ । मन्त्रालयको सचिवले एकल निर्णय गरेरनै सफा गरे मिल्ने ती फोहरलाई कुनै प्रशासकले देखेका थिएनन् । अहिले अर्थमन्त्रालय वाटै बजेटको ब्यवस्था गर्दै सफाईको तामझाम गर्न थालिएको छ ।
तर, पूर्वप्रशासकहरू भने फोहोर सफा गर्ने काम समेत मुख्यसचिको नेतृत्वमा बैठक बसेर निर्णय गर्नुपर्ने बाध्यता हुनुलाई सकारात्मक रुपमा लिँदैनन् । जे होस् अहिले सिंहदरवारलाई आकर्षक बनाउने काम भने अघि बढेकोमा सवैले खुशी मान्नु पर्छ ।बुटिक सिंहदरवार वनाउन त्यहाँका प्रशासकहरुले बैठक बसेर निर्णय लिए । नेपाल सरकारका सचिवहरुले निर्णय गरेर यसको सुरुवात गरेका छन् । अव साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयअघिको परिसरको दक्षिणतर्फको बगैंचा ऐतिहासिक एवं पुरातात्विक महत्व झल्कने हुनेछ । विद्युतीकरणसहित व्यवस्थित गर्ने निर्णय सँगै यसको जिम्मेवारी सहरी विकास मन्त्रालले लिएको छ । त्यसको साथै
News Desk 0 response आइतवार, पुस २९, २०७५
सहरी विकास मन्त्रालयलाई सिंहदरबार चारै दिशामा अवस्थित पर्खालको बाहिरपट्टि राष्ट्रिय पर्वको अवसरमा बत्ती बाल्न विद्युतीय व्यवस्था मिलाउने र गेटहरू पुरात्विक झल्काउने जिम्मा परेको छ ।
सिंहदरबारभित्रका सबै परिसरको बगैचामा सिंचाइ गर्न एकीकृत आधुनिक प्रविधियुक्त सिंचाइ प्रणालीको प्रबन्ध गर्ने जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई दिइएको छ । मर्मत गरी प्रयोगमा आउन सक्ने तर मन्त्रालयलाई आवश्यक नभएका सवारी साधनको विवरण तयार गरी प्रयोग गर्न मिल्ने आवश्यक प्रकिया पूरा गरी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउने काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनु पर्ने बताइएको छ । त्यस्तै, सबै मन्त्रालयले भर्याङमुनि र छतमाथिको फोहोर सफा गर्नका लागि समेत जिम्मेवारी लिएका छन् । यी सबै काम पूरा गर्नका लागि अर्थमन्त्रालयालाई समन्वयन भूमिका खेल्न भनिएको छ ।

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



