-
काठमाडौं । सरकारले ३ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए।
बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी कार्यरत थिए। देउवाकै पालामा अष्ट्रेलियाको राजदूतमा नियुक्त लक्की शेर्पा भने मानव तस्करीको आरोपमा मुछिएको आरोप लागेपछि विवादमा तानिएकी छिन्। उनलाई अनुसन्धानका लागि भन्दै परराष्ट्र मन्त्रालयले नेपाल झिकाएको छ।हाल शेर्पामाथिको आरोपका सम्बन्धमा छानबिन चलिरहेकोले मन्त्रिपरिषद्ले उनलाई फिर्ता बोलाउने÷नबोलाउने सम्बन्धमा भने निर्णय लिइसकेको छैन।
राजदूत शेर्पाका सवारी चालक वाङछु शेर्पाले राजदूत शेर्पामाथि १० लाख रुपैयाँ लिएर आफूलाई अष्ट्रेलिया लगेको र श्रीमतीलाई पनि लैजान थप रकम मागेको आरोप लगाएका थिए।
यसअघि जापानका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर उनको स्थानमा अञ्जान शाक्यलाई पठाउन ‘एग्रिमो’ जापान सरकारसमक्ष प्रेसित गरिसकिएको छ।
News Desk 0 response बिहिबार, पुस १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३