

-
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन प्रभावित बनेको छ। नेविसंघले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशन गर्ने गरी गाउँ, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन तोके पनि महासमितिको बैठकका कारण अहिलेसम्म कुनै तहको निर्वाचन हुन सकेको छैन । लामो समयको विधान र नियमावली विवादसँगै पार्टीले विधानलाई पास गरेपछि नेविसंघका अध्यक्ष नैनसिंह महरले मङ्सिर १५ गते पत्रकार सम्मेलन गरी नेविसंघको १२औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए। कार्यतालिकाअनुसार मंसिर २२ भित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ । अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा जुटेका कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको बताए। उनले भने, ‘नेविसंघले २५ वर्षपछि पहिलो पटक गाउँगाउँको अधिवेशन गर्न लागेको छ, त्यसैले पनि केही ढिलाइ भएको हो।’ नेविसंघले १२औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उनको भनाइ छ । नेविसंघका नेता दीपक भट्टराईले महासमितिको नाममा नेविसंघको महाधिवेशन नगर्ने खेल भइरहेको दाबी गरे। उनले भने, ‘महाधिवेशन नगरी आफ्नो कार्यकाल लम्ब्याउन वर्तमान नेतृत्व लागेको छ।’ महासमितिको मुखमा आएर निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुले पनि निर्वाचन नगर्ने खेल भएको उनको भनाइ छ ।
News Desk 0 response आइतवार, पुस ८, २०७५
रासस

सम्बन्धित शीर्षकहरु
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३



