

कर्मचारी कामविहीन पार्ने नयाँ कार्ययोजना ?
मन्त्रीले आफ्ना मान्छेलाई राम्रो भनिएका ठाउँमा पठाउन दवाव दिएको तर सचिवले सो अनुरुप गर्दा मापदण्ड मिचिने र विकृति बढ्ने भन्दै मापदण्ड बनाएर सोही अनुरुप सरुवा गर्ने अडानमा लिएका छन् । यस सँगै एकमुष्ट प्रदेशमा पठाउने कि सिधै नगरपालिकामा पठाउने भन्ने विवाद पनि छ ।
-
काठमाडौं ।
निकै तामझाम र बडो उत्साहका साथ शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सार्वजनिक गरेको कार्ययोजना अहिले अलपत्र परेका छन् । तीन महिने कार्ययोजनाका अधिकांश कार्यक्रम पूरा भएका छैनन् । उता शिक्षा सेवाका दुइ सय उपसचिव कामविहिन बनेका छन् भने तीनहजार विद्यालय दरबन्दी विहिन अवस्थामा छन् शिक्षा क्षेत्रमा व्यप्त माफियाकरण रोक्न पनि पोखरेल असफल देखिएका छन् । यसले गर्दा शिक्षामन्त्री पोखरेलको कार्यक्षमता माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।
News Desk 0 response सोमवार, अशोज २२, २०७५
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका नगरपालिकाका शिक्षा शाखामा शिक्षाका उपसचिवलाई पठाउन वाटो खोले पनि शिक्षा मन्त्रालयले सरुवा गर्न सकेको छैन शिक्षा मन्त्रालयका एक सहसचिवका अनुसार, शिक्षामन्त्री र सचिव बीच कुरा नमिल्दा सरुवा अड्किएको छ । मन्त्रीले आफ्ना मान्छेलाई राम्रो भनिएका ठाउँमा पठाउन दवाव दिएको तर सचिवले सो अनुरुप गर्दा मापदण्ड मिचिने र विकृति बढ्ने भन्दै मापदण्ड बनाएर सोही अनुरुप सरुवा गर्ने अडानमा लिएका छन् । यस सँगै एकमुष्ट प्रदेशमा पठाउने कि सिधै नगरपालिकामा पठाउने भन्ने विवाद पनि छ । यसअघि वरिष्ठताका आधारमा शिक्षाका उपसचिव नगरपालिकामा सरुवा हुँदा प्रमुख प्रशाशकीय अधिकृत बन्न पाउनुपर्ने लविङ गरेपनि अव भने शाखा प्रमुख मै चित्त बुझाएर बस्नुपर्ने भएको छ । देशभर २७६ नगरपालिका भएपनि २५ हजारभन्दा बढी जनसंख्या भएका नगरपालिकामा मात्र उपसचिव पठाउने निर्णय हँुदा २ सय ४५ वटा नगरपालिकामा शिक्षाका उपसचिव खटाइने भएको छ । हाल शिक्षामा २ सय ३२ जना उपसचिवले हाजिर गरी वराण्डामा बसेर दिन कटाउने गरेका छन् । ती मध्ये धेरैजसो राम्रो ठाउँमा जान विभिन्न ठाउँमा धाइरहेका पाइन्छन् ।
उता, मन्त्री पोखरेलले मन्त्री वन्नासाथ पत्रकार सम्मेलन गरेर आफ्नो ३० बुदेँ प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए ती मध्ये अधिकांश समय तालिकामै कार्य सम्पादन गर्ने बताएका थिए । तर, वैशाख, जेठ र असारमा पूरा गर्ने कार्ययोजना अधिकांश काम छ महिना वित्नै लाग्दा पनि पूरा हुन सकेका छैनन् । संघीय शिक्षा विधेयक, प्रदेश र स्थानीय तहका लागि शिक्षाका नमूना मस्यौदा कानून, वैज्ञानिक सम्मेलन, जनशक्ति विकास योजनाका लागि प्राविधिक कार्यदलको गठन, उच्च शिक्षा र विद्यालय शिक्षाका निकायको साझेदारीमा वृहत्त विज्ञान मेला योजना कुनै वैशाखमा, कुनै जेठमा र कुनै असारमा मसान्त भित्रै गरिसक्ने भनेपनि यी सबै अधुरो अवस्थामा छन् । त्यस्तै विश्वविद्यालयको वर्गीकरण र लगानी ढाँचा, विद्यालयको पूर्वाधार तथा गुणस्तर मापदण्ड, विद्यालय भवन नीति सम्बन्धी कार्य हुन सकेका छैनन् । आफ्नो तीन महिने कार्ययोजना र असफल भएपनि मन्त्री पोखरेलले सामुदायिक विद्यालयको सुधारको २ बुँदे कार्यक्रम सार्वजनिक गरेका छन् । कामभन्दा पनि प्रचारमा रमाउने प्रवृत्ति मन्त्रीमा हुर्किरहेकोमा शिक्षाका उच्च अधिकारी वीच चर्चाको विषय बनेको छ । तर, मन्त्री पोखरेल भने आफूले मिहनेतका साथ काम गरिरहेको उल्लेख गर्दै नतिजा आउन केही समय लाग्ने बताउँछन् ।
यसैबीच शिक्षक दरवन्दी पुन वितरणबारे सुझाव दिन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवदेन बुझाएको छ । पूर्वशिक्षा सचिव महाश्रम शर्माको संयोजनकत्वको उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा प्राथमिक तहमा आवश्यकता भन्दा बढी र निम्न माध्यमिक तथा माध्यमिक तहमा आवश्यकता भन्दा कम शिक्षक रहेको उल्लेख गरेको त्यसै गरी अनुमती पाएका विद्यालयहरुमा कुल ३ हजार ७१ विद्यालयमा एकजना पनि शिक्षक दरबन्दी नरहेको बताएको छ । ७ हजार ४ सय ३० विद्यालयमा एकजना शिक्षक को ७ हजार ५ सय ६० विद्यालयमा दुईजना शिक्षकको मात्र दरवन्दी छ । अनुमती दिने तर दरवन्दी नदिँदा विषय शिक्षकको अभावका कारण नियमित र प्रभावकारी पठनपाठन हुन नसकेको तथा शिक्षक दरवन्दी भएकामा पनि वितरण न्यायाचित र समानुपातिक नदेखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवदेनले सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर रहेको उजागर गरेको छ ।
जनप्रशासन पाक्षिक

सम्बन्धित शीर्षकहरु
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३ -
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३



