

शशांक र उपेन्द्रको एउटै मान्छे परेपछि वीरमा बिलम्व
शिक्षण अस्पतालमासँगै काम गरेको नाताले कोईरालाले शाहका पक्षमा लबिङ गरिरहेका छन्
-
काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिए पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री बीच कुरा नमिल्दा नियुक्ति हुन सकेको छैन । न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा बाहिरको व्यक्तिलाई उपकुलपति नमान्ने भन्दै सिफारिसप्रति विरोध जनाएका कारण पनि स्वास्थ्यमन्त्री समस्यामा छन् । सिफारिस भएकामध्ये डा. पौडेलमात्र न्याम्समा कार्यरत छन् । सुरुमा छ जनाको नाम तयार गरेर सिफारिस समितिमा पठाउँदा नै तीन जना अयोग्य ब्यक्तिको नाम पठाईएको थियो । तीन जना अयोग्यलाई हटाएर तीन योग्यमात्र सिफारिसमा पारिएको थियो । शाहलाई जसरी पनि प्रमुख वनाउने योजनामा लागेका मन्त्री उपेन्द्र यादवको दबावमा एक नम्बरमा डा. डिएन शाह, दोस्रोमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा अजित रायमाझी सिफारिसमा परेका छन् । शाहसँग नेपाली काँग्रेसका नेता सशांक कोईरालाको पनि राम्रो दोष्ती छ । शिक्षण अस्पतालमासँगै काम गरेको नाताले कोईरालाले शाहका पक्षमा लबिङ गरिरहेका छन् ।
News Desk 0 response मङ्लबार, अशोज ९, २०७५
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादवको नेतृत्वको सिफारिस समितिले उपकुलपतिमा सिफारिस गरेका तीनमध्ये डा. डिएन शाह यादव निकट मानिन्छन् । यादवले उनलाई उपकुलपति बनाउन चाहेका छन् । निर्णय क्षमतामा कमजोर भएका कारण शाहले काम गर्न नसक्ने प्रधानमन्त्रीको पनि निचोड छ ।
सहकुलपति स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।
तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



