

-
काठमाडौं ।
तपाईले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्नुभएको छ भने अव सहुलीयत दरमा आवास प्रदान गर्ने योजना आएको छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अघि बढाएको हो । तर यसरी उपलब्ध गराउने घरको मूल्य भने सञ्चयकर्ताले तिर्नुपर्ने छ।
सञ्चयकर्ताले कमाएको जति खान र बस्नमा धेरै खर्च भएर बचत न्यून हुँदै गएपछि सुरक्षित जीवनका लागि अवकास योजना अन्तर्गत यो कार्यक्रम सुरू गर्न लागिएको सञ्चय कोषका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद गौतमले जानकारी दिए।
सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू जो सञ्चयकोषमा सञ्चयकर्ता छन्। उनीहरूले यस्तो सुविधा पाउने छन्।
यसमा सञ्चय कोषले जग्गा खरिद गरेर त्यसमा हाउजिङ वा सामूहिक आवासको संरचना बनाउने छ। त्यसरी बनेको आवासको लागतमा बढीमा १० प्रतिशत जोडेर सञ्चयकर्तालाई कोषले उपलब्ध गराउने छ।
यसको परीक्षणको रूपमा कोषले चितवनमा रहेको जग्गामा हाउजिङ बनाउने काम पनि सुरू गरिसहेको गौतमले जानकारी दिए। चितवनका लागि घरको डिजाइनको काम सकिएको उनले बताए।
यो कार्यक्रमका लागि जग्गा खरिद कठिन भएको तै पनि विस्तारै सबैतिर विस्तार गर्दै जाने उनको भनाइ छ।
हाल कोषमा ६ लाख संचयकर्ता रहेका छन्। जसमा १ लाख ६० हजारजति निजी क्षेत्रमा कार्यरत रहेका छन्। संचय कोषमा निजी क्षेत्रका प्रतिष्ठानहरुले पनि आफ्ना कर्मचारीको कोष बनाउन सक्छन्।
News Desk 0 response सोमवार, अशोज ८, २०७५

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



