

-
काठमाडौं : इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ ।
लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि रेडपाण्डा महोत्सव शुरू भएको हो । सन्दकपुर गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा पर्यटकले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् ।
वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए।
महोत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायी सहभागी छन् । महोत्सव पर्सि सोमबारसम्म चल्नेछ । सन्दकपुरमा रेडपाण्डा हेर्न पर्यटक पुग्ने गरेका छन् । रेडपाण्डा हिमाली क्षेत्रमा विचरण गर्ने विश्वकै दुर्लभ स्तनधारी प्रजाति हो ।
यसलाई हाब्रे, रातो पाण्डा, पुँडे कुँदो उपनामले पनि चिनिन्छ । रेडपाण्डा भुटान, चीन, भारत, म्यानमार र नेपालमा मात्र पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ९१९७३० ले रेडपाण्डालाई नेपालको संरक्षित प्रजातिको रूपमा वर्गीकृत गरेको छ ।
समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार ८०० मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । रेडपाण्डा नेपालको इलामसहित २५ जिल्लामा पाइन्छ ।
रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो, निगालोको टुसा, भालुचिण्डे, ऐँसेलु तथा जङ्गली फलफूल हुन् । रेडपाण्डा संरक्षणका लागि सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा रेडपाण्डासम्बन्धी पठनपाठन नै सञ्चालन गरेको छ ।
News Desk 0 response शनिबार, चैत्र २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



