

-
काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन् ।
संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिए।
आचार्यकाअनुसार सुहाङ नेम्वाङले फारम लगे पनि निर्धारित समयमा बुझाउनु भएन । धनकुटाका राजेन्द्र राई र सङ्खुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएपछि सुहाङले फारम लगेका थिए । तर सुहाङले फारम लगेपछि महासचिव शङ्कर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङले प्रस्तावक र समर्थक पाएनन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका अध्यक्ष केपी शर्मा ओलीसहित ११ जना पदाधिकारी पराजित भएका थिए । पूर्वपदाधिकारी, पूर्वस्थायी कमिटी सदस्यसमेतले चुनाव जित्न सकेनन् । पूर्वपोलिटब्युरो सदस्य गणेश ठगुन्नाबाहेक धेरैजसो पराजित भएका हुन् ।
रामबहादुर थापा भने समानुपातिक प्रणालीबाट संसद बनेका हुन् र थापा माओवादी पृष्ठभूमिका हुन्।
News Desk 0 response बुधबार, चैत्र १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



