

-
काठमाडौं : इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय उल्लेख रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको छ । इरानले आफूमाथि भइरहेका आक्रमण र हत्या पूर्णत बन्द हुनुपर्ने, इस्लामिक गणतन्त्रमाथि फेरि आक्रमण नहुने सुनिश्चितता प्रदान गर्नका लागि ठोस संयन्त्र स्थापना हुनुपर्ने, युद्धको क्षतिपूर्ति रकम पाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने र हर्मुज जलमार्गमा इरानले सार्वभौम अधिकार अभ्यास गर्न पाउनेगरी अन्तर्राष्ट्रिय मान्यता र सुनिश्चितता हुनुपर्ने शर्त अघि सारेको छ ।
इरानले अमेरिकासँग भइरहेको भनिएको वार्तालाई अस्वीकार गरेसँगै दुई देशबीच गहिरो अविश्वास देखिएको बीबीसीले जनाएको छ । वाशिङ्टनले वार्तामा प्रगति भइरहेको दाबी गरे पनि तेहरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । यद्यपि भित्रभित्रै केही कूटनीतिक प्रयासहरू भइरहेका खबरमा उल्लेख छ । अमेरिका र इजरायलले सैन्य दबाबमार्फत इरानमाथि जित हासिल गर्ने अपेक्षा गरे पनि इरानले कडा रूपमा जवाफ दिइरहेको छ । जसले गर्दा मध्यपूर्वमा क्षेत्रीय तनाव कायम छ । इरानले छिमेकी देशहरूमा आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्रसंघले सबै पक्षलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ ।
यसैबीच फिलिपिन्समा राष्ट्रिय ऊर्जा संकटकाल घोषणा भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा संकटकाल घोषणा गर्ने फिलिपिन्स पहिलो देश हो । राष्ट्रपति फर्डिनान्ड मार्केस जुनियरले संकटकाल घोषणा गर्नुभएको हो । युद्धले हर्मुजको जलमार्गमा अवरोध भएपछि विश्व बजारमा इन्धन अभाव तथा मूल्यवृद्धि भएको छ । पश्चिम एसियाबाट ग्यास तथा कच्चा तेल किन्ने गरेका एसियाली देशहरू विशेष मारमा छन् । फिलिपिन्समा ९८ प्रतिशत इन्धन खाडी क्षेत्रबाट आउने गर्छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


