

-
इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट थप जहाजहरूलाई अनुमति दिइरहेको तथ्याङ्कले देखाएको छ । इरानले हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूलाई पार गर्न अनुमति दिइरहेको जहाज ट्र्याकिङ तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
पछिल्ला दिनहरूमा हर्मज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको सङ्ख्या झन्डै दोब्बर भएको एक समुद्री गुप्तचर कम्पनीले जनाएको छ । समुद्री गुप्तचर कम्पनी विन्डवर्डका अनुसार जहाजहरूको स्वचालित पहिचान प्रणालीमार्फत सोमवार हर्मुज जलमार्गमा इरानका बाहेक आठ वटा जहाजपत्ता लागेको थियो ।
विन्डवर्डकी विश्लेषक मिशेल विस बोकम्यानले इरानले मित्र देशहरूलाई अनुमतिमा आधारित ट्रान्जिटअनुमति दिइरहेको सङ्केत गर्ने बताउनुभएको छ ।
अर्को जहाज ट्र्याकिङ सेवा ‘मरिनट्राफिक’ ले सोमवार र आइतवार नौ वटा जहाजको ट्रान्जिट रेकर्ड गरेको छ, यो सङ्ख्या अघिल्लो दुई दिनमा पाँच थियो ।
हर्मुजले विश्वव्यापी समुद्री तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगटेको छ । तर अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएदेखि यहाँबाट हुने आपूर्तिमा ९५ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ ।
यसैबीच विश्वकै महँगो तथा ठूलो युद्धपोत जेराल्ड आर फोर्डमा आगलागीपछि रेड सीबाट ग्रीसको टापु क्रेटेमा रहेको सोडा बन्दरगाहमा फर्कने भएको छ । यो युद्धपोतमा गएको बिहीवार आगलागी भएको थियो ।
यो युद्धपोत पछिल्ला नौ महिना विभिन्न महासागरमा तैनाथ थियो । जेराल्ड आर फोर्डमा ७५ भन्दा धेरै सैन्य विमान अट्छन् । यसमा ५ हजारभन्दा धेरै सैनिक चालक छन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



