

-
मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन् । तेहरानमा मङ्गलवार रातिको आक्रमणमा लारिजानीका छोरासँगै सुरक्षाकर्मीहरू पनि मारिएका द गार्जियनले जनाएको छ ।
यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो, जसलाई अब इरानले आधिकारिक रूपमा स्वीकार गरेको छ । यो घटना इरानका लागि ठूलो क्षति मानिएको छ, लारिजानी देशको सुरक्षा तथा राजनीतिक संरचनामा अत्यन्त प्रभावशाली व्यक्ति थिए । विश्लेषकहरूका अनुसार लारिजानीको मृत्युले युद्धको दिशा थप जटिल बनाउन अनुमान छ ।
यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध १८औँ दिनमा प्रवेश गरेको छ । इजरायलले लेबनानको टायर शहरमा नयाँ विस्थापन आदेश जारी गरेपछि हजारौं सर्वसाधारण सुरक्षित ठाउँतर्फ गएका छन् ।
निरन्तर बमबारीका कारण लेबनानमा ठूलो जनधनको क्षति भएको छ भने १० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत हुन सक्ने र युद्ध अपराधको रूपमा लिन सकिने चेतावनी दिएको छ ।
अर्कोतर्फ, होर्मुज जलमार्गमा तनाव बढ्दै गएको छ, जसले विश्व बजारमा तेल र ग्यासको मूल्य वृद्धि गराएको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अवरोध गर्दा विश्वको २० प्रतिशतभन्दा धेरै तेल तथा प्राकृतिक ग्यास मध्यपूर्वबाट बाहिरिन पाएको छैन । युद्धका कारण विश्व बजारमा तेलको सङ्कट बढेको छ ।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



