

-
इरानसँग अमेरिका र इजरायलको युद्धका कारण एलपी ग्यास अभाव भएपछि भारतका धेरै शहरहरूमा ग्यास अभाव भएको छ। मानिसहरु ग्यासका लागि लामो लाइनमा लागेका देखिन्छन् ।
यो विषय सडकदेखि संसद्सम्म पुगेको छ। कंग्रेससहित विपक्षी सांसदहरूले बिहीबार संसद् परिसरमा प्रदर्शन गरेका छन् र इन्डिया ब्लकका नेताहरूले एलपीजीको विषयमा संसद्मा बहस गरिनुपर्ने माग गरेका छन्।
यसैबीच पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले घरेलु एलपीजी उत्पादन २५ प्रतिशतले बढाइएको बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतमा इन्धनको कुनै कमी नभएको र आत्तिनुपर्ने आवश्यकता नभएको बताएका छन्। तर कांग्रेस सांसद प्रियंका गान्धीले भनिन्, ुम आशा गर्छु कि प्रधानमन्त्रीको कुरा सही होस्, तर अहिले स्थिति त्यस्तो देखिँदैन।ु
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भने, ुपश्चिम एसियामा भइरहेको संघर्षका कारण देशले एलपीजीको कमी सामना गरिरहेको छ, तर त्यसबारे प्रधानमन्त्री लोकसभामा आएर बोल्न चाहँदैनन्। अमेरिकामा अडानीमाथि लागेका आरोप र एपस्टिन फाइलका कारण प्रधानमन्त्री मोदी तनावमा छन्।ु
एलपीजी संकटले देशका धेरै क्षेत्रहरूलाई प्रभावित गरेको छ। कमर्सियल एलपीजीको अभावका कारण देशभरका धेरै रेस्टुरेन्टले विभिन्न उपाय अपनाइरहेका छन्। सरकारको आश्वासन हुँदाहुँदै पनि धेरै शहरहरूमा लामो लाइन देखिएको छ। ग्यासको कमीका कारण धेरै रेस्टुरेन्ट बन्द भएका छन् वा सीमित रूपमा मात्र सञ्चालन भइरहेका छन्। बेंगलुरुमा एक होटलले आफ्नो मेनु घटाएको छ र केवल चिया–कफी मात्र उपलब्ध हुने सूचना टाँसेको छ।
केन्द्रीय राजधानी नयाँ दिल्लीमा पनि ग्यास डिपोहरुमा लामो लाइन देखिएको छ। सिलिन्डर भर्नका लागि मानिसहरूलाई धेरै घण्टा लाइनमा बस्नुपरेको छ।
दिल्ली मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रिय राजधानी क्षेत्रमा एलपीजी, पेट्रोल, डिजेल र पीएनजीको कुनै कमी नभएको र अफवाहमा नपर्न नागरिकलाई आग्रह गरेको छ।
पुणेमा एलपीजीमा आधारित शवदाह गृह बन्द भइसकेका छन्। घरेलु एलपीजीका लागि पनि लामो लाइन देखिएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार भोपालमा रेस्टुरेन्टहरूले अहिले इन्डक्शन चुल्हो प्रयोग गर्न थालेका छन्। मुम्बई, पुणे, दिल्लीलगायत धेरै शहरहरूमा रेस्टुरेन्ट तथा खानपान व्यवसाय प्रभावित भएको खबर छ।
अयोध्यामा रामको नाममा चल्ने ‘राम रसोइयाँ’बन्द भएका छन्। यस्तो पहिलो पटक भएको हो।
पछिल्ला १३ दिनदेखि इरानसँगको युद्धका कारण स्ट्रेट अफ होर्मुज नामक समुद्री मार्ग प्रभावित भएको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत इन्धन ओसारपसार हुन्छ। भारतले पनि आफ्नो अधिकांश तेल र ग्यास यही मार्गबाट आयात गर्छ।
जहाज आवागमनको निगरानी गर्ने संस्था केप्लरको तथ्यांक अनुसार भारतको आवश्यकताको लगभग आधा कच्चा तेल स्ट्रेट अफ होर्मुजमार्फत आउँछ। यो तेल मुख्यतः इराक, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतबाट आउने हो।
केप्लरका रिफाइनरी तथा तेल बजार विश्लेषक सुमित रिटोलियाका अनुसार यदि स्ट्रेट अफ होर्मुजबाट कच्चा तेल आपूर्ति अवरुद्ध भयो भने रूसबाट छुट दरमा थप कच्चा तेल आयात गरेर केही हदसम्म पूर्ति गर्न सकिन्छ।
यसैबीच स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाजहरू सुरक्षित रूपमा पार गर्न भारतले इरानसँग सम्पर्क गरेको खबर आएको छ। तर स्थिति अझै अस्पष्ट छ, किनकि पछिल्लो २४ घण्टामा तीनवटा तेल ट्यांकर जहाजमाथि आक्रमण भएको बताइएको छ।
एएनआईका अनुसार लाइबेरियाको झण्डा भएको एउटा जहाज भने १,३५,३३५ मेट्रिक टन कच्चा तेल बोकेर स्ट्रेट अफ होर्मुज पार गर्दै मुम्बई आइपुगेको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण :‘सर्वसाधारणलाई जोखिम कम’..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३
-
सहकारीको ऋण असुली गरेर पीडितको बचत फिर्ता..
शुक्रबार, बैशाख २५, २०८३ -
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
शुक्रबार, बैशाख २५, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा..
बिहिबार, बैशाख २४, २०८३ -
श्रीलङ्कामा साइबर अपराधविरुद्धको पछिल्लो कारबाहीमा २३१ विदेशी..
बिहिबार, बैशाख २४, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



