• काठमाडौं : फागुण २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार साँझ साँढे ६ बजेको अध्यावधिक विवरणअनुसार रास्वपाले ३ स्थानमा जित तथा १०६ स्थानमा अग्रता बनाएको छ ।

    यस्तचै कांग्रेसले २ स्थानमा जित तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ स्थानमा जीत र ८ स्थानमा अग्रता बनाउँदा श्रम संस्कृति पार्टीको पनि ५ अंकको अग्रता रहेको छ ।

    यस्तै स्वतन्त्रसहित अन्य उम्मेदवारले ४ ठाउँमा अग्रता बनाएको छ।