

-
इजरायल र अमेरिकाको आक्रमणमा गएको शनिवार मारिएमा इरानका तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज राति तेहरानमा हुने भएको छ । नेपाली समयअनुसार भरे राति पौने १२ बजे शुरू हुने बिदाइ समारोह तीन दिनसम्म चल्ने इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच खामेनी मारिएपछि उत्तराधिकारी छान्न इरानी धर्मगुरुहरूले भर्चुअल बैठक गरेका छन् । कुममा रहेका सभाहलमा उपस्थित भएर छलफल गर्ने परम्परा भए पनि इजरायलले सभाहलको परिसरमा बम हानेपछि धर्मगुरुहरू प्रत्यक्ष उपस्थित हुन नसकेका हुन् ।
खामेनीका छोरा मोजतबा खामेनीलाई सर्वोच्च नेता बनाउने तयारी रहेको र नयाँ सर्वोच्च नेता आजै घोषणा हुन सक्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । अहिले उहाँको अवस्था थाहा छैन ।
इजरायलले भने इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले इजरायल र अमेरिकाविरुद्धको धम्कीलाई निरन्तरता दिएमा विनाशको मुख्य लक्ष्य बनाइने घोषणा गरेको छ ।
यसैबीच इजरायलले एक विद्यालयमा गरेको आक्रमणमा मारिएका १ सय ६० जनाभन्दा धेरै विद्यार्थी तथा कर्मचारीको अन्तिम संस्कार गरिसकेको इरानले जनाएको छ ।
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेर युद्ध शुरू गरेको आज पाँचौँ दिन भएको छ । युद्धमा अहिलेसम्म कम्तीमा १ हजार ९७ जना मारिएका अमेरिकामा रहेको मानव अधिकारकर्मी समाचार एजेन्सीले जनाएको छ ।
इजरायल र अमेरिकाले इरानमा लगातार आक्रमण गरिरहेका छन् भने इरानले पनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकाका सैन्य अड्डाहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २०, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२



