

-
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै चुनावी तयारीको काम अन्तिम चरणमा पुगेको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सम्पूर्ण जिल्लामा पुगिसकेका छन् ।
त्यस्तै मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका थालेको तथा मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेका पनि आयोगले पत्रकार सम्मेलनमा जनाएको छ ।
त्यस्तै केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको जनाएको छ ।
‘आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरू क्रियाशील छन्’, आयोगले भनेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा इमेल, व्यक्तिगत दर्ता तथा सञ्चारमाध्यमबाट जानकारी लिइएका समेत २५४ उजुरीमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगको भनाइ छ ।
स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको सङ्ख्या ४ र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको सङ्ख्या ३३ रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘त्यसबाहेक सरकारीरशैक्षिक संस्थारकर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा ८, मधेस प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ४, र सुदूरपश्चिम प्रदेशमा ४ वटा रहेका छन्’, आयोगले भनेको छ ।
कारबाहीको निर्णय
यसैबीच आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया अन्तर्गत आयोगबाट सम्बन्धित राजनीतिक दल, उम्मेदवार तथा निकायबाट स्पष्टीकरण समेत लिई सोउपर जाँचबुझपछि कारबाहीको निर्णय गरेको छ ।
जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा ९१० को खण्ड ९झ० र ९ण० विपरीत कार्य गरेकोमा नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शक्ति बहादुर बस्नेतलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० तथा ऐ, आचारसंहिताको दफा ४८ को उपदफा ९१० बमोजिम रु।२५,००० ९पच्चीस हजार० जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) र श्रम संस्कृति पार्टीलाई पनि पच्चीस हजार जरिवाना गर्ने आयोगले निर्णय गरेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १५, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२ -
भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त भएको..
बुधबार, फाल्गुन १३, २०८२



