

-
काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाएकोमा त्यसलाई थप गरी आज दिउँसो एक बजे पुर्याएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
यसअघि हिजो दिउँसो १ बजेदेखि लगाइएको निषेधाज्ञामा पनि विरोध प्रदर्शन भएपछि प्रशासनले बेलुकादेखि कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गरेका छन् । संघीय सरकार, मधेश प्रदेश सरकार, विभिन्न आयोग तथा संघसंस्थाले पनि सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् ।
गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । मन्त्रालयले शान्ति सुरक्षा एवम् धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।
यस्तै मधेशी, थारु र मुस्लिम आयोगले समाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । ती आयोगले विज्ञप्ति निकालेरै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आम नागरिकमा विशेष आग्रह गरेको छ । प्रशासनले निकालेको विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको भन्दै यदि कसैले सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री पोष्ट गरेमा वा फैलाएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । नागरिकहरूलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
News Desk 0 response मङ्लबार, पुस २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


