

-
काठमाडौं : पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ ।
आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीमा झरेको छ ।
यो तापक्रम यो वर्षकै कम हो । पुस ८ गते काठमाडौंको तापक्रम चार दशमलव नौ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्रीमा झरेको थियो ।
पुस १७ गते तापक्रम घटेर चार दशमलव ६ डिग्रीमा आएकामा आज भने चार दशमलव पाँच डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
विभागमा आज राति अभिलेख गरिएको तापक्रमको विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव नौ डिग्री र मुस्ताङको जोमसोममा माइनस चार दशमलव पाँच डिग्री तापक्रम रहेको छ । त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन् ।
अन्य जिलाहरूमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ । सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा दुई दशमलव सात, दिपायलमा छ, वीरेन्द्रनगरमा पाँच, घोराहीमा आठ, पोखरामा आठ दशमलव पाँच, सिमरामा आठ दशमलव तीन, ओखलढुङ्गामा चार दशमलव नौ, जिरीमा शून्य दशमलव दुई, ताप्लेजुङमा पाँच दशमलव आठ, लुम्लेमा चार दशमलव पाँच र धनकुटामा सात डिग्री रहेको छ ।
कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए । उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ ।
विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनमा देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा तथा तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको जनाइएको छ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै तराई भू–भागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेको छ । त्यसकारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
News Desk 0 response आइतवार, पुस २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



