-
ललितपुर : ललितपुरमा रहेको नख्खु कारागारबाट नवयुवा आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गएको भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भइ सजाय भोगिरहेका १ हजार २८० जना कैदीबन्दी फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार अहिलेसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।
नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर चलिरहेको छ । उहाँले भन्नुभयो, ‘फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभइ देशबाहिरसम्म पनि भइरहेको छ । कानून अनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।’
कारागार विभागले तोकेको समयसीमा अनुसार गएको असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन २०७९ तथा अन्य प्रचलित कानून अनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक भएको थियो ।
कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, पालिका, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ ।
News Desk 0 response बिहिबार, पुस १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३