• काठमाडौं : भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ ले सन् २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ । सूचीले नेपालीहरूका लागि ‘टिकटक सर्च’ वास्तविक जीवनका लागि उपयोगी खोज माध्यम बनेको देखाउँछ । नेपालीहरूले दशैँ र तिहारजस्ता चाडपर्वदेखि खाना पकाउने रेसिपीहरूसम्म खोजेका छन् । यस्तै नेपालबाट सबैभन्दा धेरै खोजिएका विषयहरूमा मनोरञ्जन, संस्कृति, खाना, भ्रमण गन्तव्य लगायत रहेका छन् ।

    ‘टिकटक सर्च’ नेपालमा दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनिरहेको कम्पनीको भनाइ छ । मानिसहरूले केवल भिडियोहरूमात्र नभइ सक्रिय रूपमा वास्तविक समयमा जानकारी लिनुका साथै नयाँ कुरा सिकिरहेका टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले बताउनुभयो ।

    २०२५ मा नेपालबाट टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू, यी क्रमबद्ध तरिकाले राखिएका होइनन् :

    सबैभन्दा धेरै खोजिएका शो–बिज सेलिब्रेटी
    प्रियङ्का कार्की
    राजेश हमाल
    स्वस्तिमा खड्का
    रेखा थापा
    मदनकृष्ण श्रेष्ठ

    सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

    सिम्पल खरेल
    आश्मा विश्वकर्मा
    रचना रिमाल
    अनमोल केसी
    आना शर्मा

    सबैभन्दा धेरै खोजिएका खेलाडी

    सावित्रा भण्डारी ‘साम्बा’
    बिमल घर्ती मगर
    दीपेन्द्रसिंह ऐरी
    केलियन एम्बाप्पे
    लियोनल मेस्सी

    सबैभन्दा धेरै खोजिएका ठाउँ

    मुस्ताङ
    मनाङ
    नर्थ अन्नपूर्ण बेस क्याम्प
    पशुपतिनाथ मन्दिर
    भीमसेनस्थान मन्दिर

    सबैभन्दा धेरै खोजिएका टिभी शो वा नाटक कार्यक्रम

    बिग बोस
    परान (चलचित्र)
    जेरी अन टप (चलचित्र)
    जारी–२ (चलचित्र)
    रोडिज सिजन–७

    सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षण

    तीज
    कुकुर तिहार
    मिस ग्रान्ड नेपाल
    रुटिन अफ नेपाल बन्द
    एनपीएल सिजन–२

    सबैभन्दा धेरै खोजिएका गीतरसाउन्ड ट्र्याक

    ठुमक ठुमक जानीए माहिए दे नाल
    आइसक्रिम खाउंगी काश्मिर जाउंगी
    माया गर्नु ल (जोन चाम्लिङ)
    वाक्क लाग्दो संसार
    सारी लायर आएँ भने

    सबैभन्दा धेरै खोजिएका खानाररेसिपी

    हत्क्युला फ्रुट
    स्टिम चिकेन रेसिपी
    सेलरोटी रेसिपी
    सिंगडा रेसिपी
    पक्कु रेसिपी