-
काठमाडौं : क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोबाट पक्राउ परेका ६ जनालाई हिरासतमा राखेको प्रहरीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले तासमा चिप जडान गर्नुका साथै आँखामा आई लेन्स लगाएर क्यासिनो खेल्नेरखेलाउने गरेको पाइएको छ । क्यासिनोमा छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग भएका तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद भएको एसपी भट्टराईले बताए ।
यो समूहले नेपाल, भारत, श्रीलङ्का, भियतनाम र कम्बोडिया लगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको पाइएको छ । जुवा खेलाउन मङ्सिर २५ गते ७० जना नेपाल आएका थिए भने त्यसमा सामेल हुन झन्डै दुई सय जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।
जुवा खेल्न आउनेहरूका लागि हवाई टिकटदेखि खाना र बसोबासको सम्पूर्ण व्यवस्था जुवा खेलाउने समूहले नै गरेको थियो । जुवामा हुन्डीमार्फत कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ ।
News Desk 0 response बुधबार, पुस ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३