

-
ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् ।
उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् । अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन् ।
फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए ।
बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ । एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ ।
यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ । राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालक लोप्साङ शेर्पाको भनाइ छ ।
नौ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो । यही पेसाबाट जीविकोपार्जन गर्दैआएका उनीहरूलाई ब्वाँसोको आक्रमणले लामो समयदेखि दुःख दिँदै आएको छ ।
विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यसक्षेत्रमा आउने गरेका छ्न । यहाँका बासिन्दाले वर्षौंदेखि यसैगरी ब्वासोबाट सास्ती खेप्नुपरेको छ ।
यसरी पशुचौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताए ।बजेट अत्यन्तै कम हुने भएकाले पशुपालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।
सङ्घ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनपर्नेमा अध्यक्ष शेर्पाको जोड छ । उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन ।
वर्षातका समयमा भने उक्त ब्वासो देखिने गरेको छैन । पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन ।
हिउँ चितुवा जस्तै यस जनावरमा पनि ९ट्याकिङ उपकरण० जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिएमा प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिए ।
News Desk 0 response सोमवार, पुस ७, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


